भैरहवाको भीम अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु

भाद्र ९, २०७७

माधव ढुंगाना

भैरहवा — भैरहवाको भीम अस्पतालमा उपचार गराइरहेका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको गैडहवा गाउँपालिका–३ का  ५३ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

एक साताअघि घरको छतबाट लडेर गम्भीर घाइते भएका ती व्यक्तिलाई उपचारका लागि भैरहवास्थित युनिभर्सल शिक्षण अस्पताल लगिएको थियो । शिक्षण अस्पतालमा रहेकै बेला गरिएको परीक्षणमा कोरोना पुष्टि भएपछि उनलाई थप उपचारका लागि सोमबार बिहान भीम अस्पताल लगिएको थियो  ।

भीम अस्पताल कोभिड–१९ का फोकल पर्सन डा. सुमित प्रजापतिका अनुसार ती व्यक्तिको टाउकोमा गम्भीर चोट लागेको थियो ।  ‘आईसीयू कक्षमै राखेर उपचार गर्नुपर्ने अवस्था थियो,’ प्रजापतिले भने, ‘यहाँ बचाउने धेरै प्रयास गरे पनि सफल भइएन ।’

कोरोना भाइरस

माधव ढुंगाना कान्तिपुरका भैरहवा संवाददाता हुन् ।

Link copied successfully