कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

कोरोना बिरामीको उपचारमा अहोरात्र खटिने चिकित्सकमाथि दुर्व्यवहार हुनु अमानवीय

स्वास्थ्यकर्मी र कोरोना संक्रमितमाथि दुर्व्यवहार गर्नेहरूलाई कानुनी कारबाही गर्न सरकारसँग साझा पार्टीको माग

काठमाडौँ — कोरोना भाइरस (कोभिड- १९)का संक्रमितको उपचारमा अहोरात्र खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुर्यव्यवहार हुनु अमानवीय र अपारधिक भएको भन्दै साझा पार्टीले आपत्ति जनाएको छ । 

कोरोना बिरामीको उपचारमा अहोरात्र खटिने चिकित्सकमाथि दुर्व्यवहार हुनु अमानवीय

मुलुकका विभिन्न भागमा कोरोना उपचारमा संलग्न चिकित्सकमाथि दुर्व्यवहार र आक्रमण भएका समाचार प्रति ध्यानाकर्षण भएको भन्दै साझा पार्टीका सहप्रवक्ता शरदराज पाठकले आइतबार विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो ।

'हाल यत्रो ठूलो जनस्वास्थ्य संकटको समयमा पर्याप्त सेवा सुविधाको अभाव छ । त्यसका बावजुद आवश्यक विश्रामसमेत नलिइ बिरामीहरूको सेवामा अहोरात्र खटिइरहेका स्वास्थ्यकर्मीहरूको उच्च सम्मान गरिनुपर्नेमा उल्टै आफ्नै छरछिमेकबाट उनीहरूमाथि सामाजिक विभेद र दुर्व्यवहार हुनु अमानवीय र आपराधिक व्यवहार हो,' साझा पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

वर्तमान संकटकालीन अवस्थामा चिकित्सकसहित सबै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवा प्रदायकहरूलाई प्रोत्साहन गर्न साझा पार्टीले आग्रह गरेको छ । नागरिकले आफ्नो कर्तव्य पूरा गरेमा कोरोनाविरुद्धको साझा लडाइँ सहज हुने उसको ठहर छ ।

स्वास्थ्यकर्मी र कोरोना संक्रमित व्यक्तिमाथि आक्रमण र दुर्व्यवहार गर्नेविरुद्ध कानुनी कारबाही गर्न साझाले सरकारसँग माग गरेको छ ।

काठमाडौंलगायत मुलुकका विभिन्न क्षेत्रमा स्वास्थ्यकर्मी र कोरोना संक्रमितमाथि दुर्व्यवहारका घटना सार्वजनिक भइरहेका छन् ।

प्रकाशित : भाद्र ७, २०७७ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?