कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महामारीमा प्रदेशसँग समन्वय गर्न स्वास्थ्यमन्त्रीले बनाए उच्चस्तरीय समिति

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोभिड-१९ रोकथामका लागि हरेक प्रदेशमा एक उच्चस्तरीय समिति गठन गरी परिचालन गर्ने निर्णय गरेका छन् । महानिर्देशक नेतृत्वमा देशभर कोभिड-१९ को रोकथाम एवं प्रतिकार्य सहजीकरण गर्न खटिएको टोलीले औंल्याएका समस्याहरुलाई प्रभावकारी तरिकाले समन्वय गर्नका लागि स्वास्थ्य मन्त्री ढकालले सो निर्णय गरेको प्रेस सल्लाहकार माधवप्रसाद तिवारीले जानकारी दिए ।

महामारीमा प्रदेशसँग समन्वय गर्न स्वास्थ्यमन्त्रीले बनाए उच्चस्तरीय समिति

उनका अनुसार समितिमा स्वास्थ्य मन्त्रालयका एघारौं तहका कर्मचारी, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका शाखा प्रमुख तथा एक जनस्वास्थ्य अधिकृत रहने छन् । समितिले प्रदेशका विभिन्न स्थानहरुमा भ्रमण गरी त्यहाँका अस्पताल, स्थानीय तह, प्रदेश स्वास्थ्य कार्यालय, प्रदेश स्वास्थ्य निर्देशनालय, प्रादेशिक प्रयोगशाला एवं सामाजिक विकास मन्त्रालयसँग समन्वय गरेर ‌संक्रमितहरुको व्यवस्थापन तथा कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउन सहयोग गर्ने छ ।

यस्तै, विभिन्न नाकाहरुबाट नेपाल प्रवेश गर्ने व्यक्तिहरुलाई अनिवार्य रुपमा मापदण्ड अनुसारको क्वारेन्टाइनहरुमा राख्ने र परीक्षण गर्ने व्यवस्था समेत सो समितिले मिलाउने छ । यसका साथै कुनैपनि अस्पतालहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई संक्रमण भइ अस्पताल सञ्चालन गर्न कठिन भएमा हब तथा स्याटेलाइट अस्पतालबाट स्वास्थ्यकर्मी र अन्य सहयोगी कर्मचारीहरु व्यवस्थापन गर्नका लागि समन्वयकारी भूमिका निर्वाह गर्ने छ ।

समितिले कोभिड-१९ अस्पतालहरुमा यथाशिघ्र अक्सिजन प्लान्टहरु निमार्ण गर्न पनि पहल गर्नेछ भने आईसीयू र भेन्टिलेटरको व्यवस्था गर्न पनि समन्वय गर्ने छ । समितिको कार्य अवधी २ देखि ३ हप्ताको हुने बताइएको छ ।

प्रकाशित : भाद्र ४, २०७७ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?