३० जिल्लाका बाढीपहिरो पीडितलाई कांग्रेसद्वारा ४५ लाख सहयोग

भाद्र २, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेस केन्द्रीय समितिले ३० जिल्लाका बाढीपहिरो पीडितहरुलाई ४५ लाख रुपैयाँ सहयोग गरेको छ । बाढी पहिरोका कारण पछिल्ला दिनहरुमा भएको क्षतिको उद्धार र राहतका लागि सहयोग गरेको हो । 

पहिलो चरणमा ३० वटम जिल्ला कार्यसमितिको नाममा १ लाख ५० हजार रुपैयाँको दरले रकम पठाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

कांग्रेसले बाढी पहिरोबाट प्रभावितकाो उद्धारका लागि सबैलाई आ–आफ्नो ठाउँबाट जुट्न पनि आग्रह गरेको छ । 

कांग्रेसले पहिलो चरणमा राहत पठाएका जिल्लाहरुमा लमजुङ, सिरहा, गुल्मी, नुवाकोट, स्याङ्जा, बाग्लुङ, म्याग्दी, पाल्पा, ताप्लेजुङ, ओखलढुंगा, संखुवासभा, पर्वत, सिन्धुपाल्चोक, महोत्तरी, पर्सा, धादिङ, पाँचथर, तेह्रथुम, मकवानपुर, बारा, सर्लाही, काभ्रे, रसुवा, धनुषा, सिन्धुली, बझाङ, जाजरकोट, खोटाङ, बाजुरा र कास्की छन् ।

बाढी-पहिरो

कान्तिपुर

Link copied successfully