कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

प्रधानमन्त्री ओलीको पीसीआर रिपोर्ट नेगेटिभ

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । शुक्रबार स्वाब संकलन गरी प्रधानमन्त्रीसहित उनको सम्पर्कमा आइरहने केही व्यक्तिको पीसीआर परीक्षण गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीको पीसीआर रिपोर्ट नेगेटिभ

प्रधानमन्त्रीसहित स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, कानुनमन्त्री शिवमाया तुङ्बाहाम्फे, विष्णु रिमाल, राजन भट्टराई, सूर्य थापा र इन्द्र भण्डारीको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमण पुष्टि भएपछि उनले भेटेका सबै जनाको कन्ट्याक्ट ट्रेसिङ र परीक्षण गरिएको हो । गत साउन १४ गते बालुवाटारमा आयोजित प्रदेशमा प्रहरी व्यवस्थापन सम्बन्धमा भएको छलफलमा सहभागी भएका ज्ञानेन्द्र यादवलाई बुधबार साँझ कोरोना पुष्टि भएको थियो ।

बालुवाटारमा सम्पन्न उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री र प्रहरी महानिरीक्षक शैलेश थापा सहभागी भएका थिए ।

प्रकाशित : श्रावण २३, २०७७ २३:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?