कोरोनाबाट वीरगन्जको वयोधा अस्पतालमा थप एकको मृत्यु

साउनयता वीरगन्जमा १२ कोरोना संक्रमितको मृत्यु भएको छ ।
भूषण यादव

वीरगन्ज — शनिबार वीरगन्जमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । ६८ वर्षीय महिलाको शनिबार साँझ वीरगन्जको नारायणी वयोधा अस्पतालमा मृत्यु भएको छ ।

कोरोनाबाट वीरगन्जको वयोधा अस्पतालमा थप एकको मृत्यु

वीरगन्ज महानगरपालिका– १६ नगवा निवासी ती वृद्धाको शनिबार साँझ ६ बजे मृत्यु भएको नारायणी अस्थायी कोरोना अस्पतालका इन्चार्ज डा.निरजकुमार सिंहले बताए ।

ती वृद्धामा शुक्रबार राति कोरोना संक्रमण पुष्टि भएको थियो । डा.सिंहका अनुसार वयोधा अस्पतालले शनिबार साँझ कोरोना अस्पतालमा रेफर गर्दा नै उनको मृत्यु भइसकेको थियो । ६८ वर्षीया ती वृद्धा गत साउन १४ मा वयोधा अस्पतालमा भर्ना भएको थिइन् ।

यसअघि शुक्रबार विहान १० बजेर १० मिनेटमा वयोधा अस्पतालमा उपाचारर्थ भर्ना भएकी वीरगन्ज–१६ नगवाकै ५० वर्षीया महिलाको मृत्यु भएको थियो । मृत्यु पछि शुक्रबार राति ती महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

नारायणी अस्थायी कोरोना अस्पतालका इन्चार्ज डा.निरज सिंहका अनुसार ती ५० वर्षीय महिला बुधबार वयोधा अस्पतलामा भर्ना भएको थिइन् । ‘निमोनिया उपचारका लागि आएको ती महिलामा शुक्रबार बिहान स्वासप्रश्वासको समस्या देखिएको थियो,’ सिंहले भने, ‘कोरोनाको आशंका लागेर स्वाब संकलन गरि परीक्षण गर्दा मृत्युपछि उनमा कोरोना पुष्टि भएको थियो ।’

साउनयता वीरगन्जमा १२ कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित : श्रावण १७, २०७७ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?