नारायणी वयोधा अस्पतलामा मृत्यु भएकी महिलामा कोरोना पुष्टि

श्रावण १७, २०७७

भूषण यादव

वीरगन्ज — वीरगन्जको नारायणी वयोधा अस्पतलामा उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । 

वीरगन्ज महानगरपालिका– १६ नगवा निवासी ५० वर्षीया महिलाको शुक्रबार वयोधा अस्पतालमा मृत्यु भएको थियो । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा मृतक महिलामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले जनाए । 

नारायणी अस्थायी कोरोना अस्पतालका इन्चार्ज डा.निरज सिंहका अनुसार ती महिला बुधबार वयोधा अस्पतलामा भर्ना भएकी थिइन् । निमोनिया उपचारका लागि आएको ती महिलामा शुक्रबार बिहान स्वासप्रश्‍वासको समस्या देखिएको थियो । कोरोना शंका लागेर स्वाब संकलन गरी परीक्षण गर्दा मृत्यु पछि उनमा कोरोना पुष्टि भएको डा.सिंहले जनाए । 

भूषण

Link copied successfully