काठमाडौँ — पछिल्लो २४ घण्टामा देशभरी १३९ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गाैतमले यसकाे पुष्टि गरेका हुन् ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले हालसम्म संक्रमितको संख्या १८ हजार ७५२ पुगेको बताए ।
यसैगरी पछिल्लो २४ घन्टामा ६२६ जना कोरोना संक्रमित कोराेनामुक्त भएको प्रवक्ता गाैतमले बताए । याेसँगै हालसम्म निकाे हुनेहरुकाे संख्या १३ हजार ७५४ जना पुगेकाे छ ।
यी हुन् थपिएका नयाँ संक्रमितहरुः
सप्तरी २३
सिरहा ७
धनुषा १०
महोत्तरी १०
पर्सा २०
काभ्रेपलाञ्चोक १
ललितपुर ३
काठमाडौँ ३
कास्की ३
बाँके १
रुपन्देही १
सुर्खेत १
दैलेख २८
सल्यान २
बैतडी ४
धनकुटा १
पाँचथर १
मोरङ १८
सुनसरी १
झापा २
