१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

कोरोना संक्रमणबाट शिक्षण अस्पतालमा चिनियाँ नागरिकको मृत्यु

काठमाडौँ — नेपालमा रहेकी एक जना चिनियाँ महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमित ४८ वर्षीया चिनियाँ महिलाको मृत्यु भएको अस्पतालका कार्यकारी निर्देशक डाक्टर रोहित पोख्रेलले जानकारी दिए ।

कोरोना संक्रमणबाट शिक्षण अस्पतालमा चिनियाँ नागरिकको मृत्यु

कोरोना संक्रमणबाट नेपालमा विदेशी नागरिकको मृत्यु भएको यो पहिलो घटना हो ।

मुटुसम्बन्धी रोगी ती महिला धापासीस्थित ग्रान्डी अस्पतालमा उपचाररत थिइन् । ती महिला पोखरा कार्यरत रहेको र सुरुमा त्यहीँको मणिपाल शिक्षण अस्पतालमा उपचारपछि थप उपचारका लागि ग्रान्डी अस्पताल ल्याइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्‍वर देवकोटाले बताए ।

उपचारकै क्रममा पीसीआर परीक्षण गराउँदा कोरोना देखिएपछि उनलाई मंगलबार साँझ शिक्षण अस्पताल सारिएको थियो । उनको उपचारकै क्रममा बुधबार बिहान मृत्यु भएको हो ।

अहिले ती महिलाको शव शिक्षण अस्पतालको शवगृहमा रहेको र नेपालस्थित चिनिया दूतावासको सहकार्यमा शव व्यवस्थापनको तयारी भइरहेको कार्यकारी निर्देशक पोख्रेलले बताए ।

प्रकाशित : श्रावण ७, २०७७ १५:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?