कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

६ दिनपछि ओली-दाहाल छलफलमा

काठमाडौँ — विवाद समाधानका लागि भन्दै नेकपा अध्यक्षद्वय ६ दिनपछि छलफलमा जुटेका छन् । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल जारी छ ।

६ दिनपछि ओली-दाहाल छलफलमा

केही दिन अगाडिसम्म दिनदिनै र घण्टौं संवाद गर्ने गरेका दुई अध्यक्षबीच विगत ६ दिनदेखि संवादहीनताको अवस्था थियो ।

पार्टी विभाजन टरेको र छलफलबाटै समस्याको हल खोज्ने बताएका ओली र दाहालबीचको यो छलफललाई चासोपूर्वक हेरिएको छ ।

यसअघि आइतबार, सोमबार, मंगलबार र बुधबार ओली र दाहालबीच भेटवार्ता भएको थियो । तर, निकास ननिस्किएपछि नेकपाको स्थायी कमिटी बैठक लगातार स्थगित हुँदै आएको छ ।

पछिल्लो पटक साउन २ गतेसम्मका लागि बैठक स्थगित भएको छ । बहुमत सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि नेकपाको शक्ति संघर्ष उत्कर्षमा छ ।

यही विवादले पार्टी फुटको नजिक पुग्न लागेपछि अध्यक्ष दाहाल र माधवकुमार नेपाल समूहले लगातार बैठक स्थगित गरेर सहमतिको लागि भन्दै ओलीसँग संवाद गर्दै आएका छन् ।

पछिल्लो पटक दुवै अध्यक्षले हतार नगरी सहमति जुटाउने सार्वजजिनक अभिव्यक्ति दिएका छन् । तर, एक अर्काप्रतिका आंशका भने उस्तै छन् ।

प्रकाशित : असार ३०, २०७७ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?