कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाहाल बाढी प्रभावित क्षेत्रमा

चितवन — सत्तारूढ नेकपा अध्यक्ष पुष्पकमल दाहालले शनिबार चितवनको बाढी ग्रस्त क्षेत्र निरीक्षण गरेका छन् । नारायणी नदीले कटान गरेको मेघौली र माडीमा अध्यक्ष दाहालले निरीक्षण गरेका हुन् ।

दाहाल बाढी प्रभावित क्षेत्रमा

मेघौली निउरे चोकमा कटान भएको क्षेत्रको अवलोकनपछि बलियो तटबन्ध गराउने तयारी भएको उनले स्थानीयलाई बताए ।

अध्यक्ष दाहालले प्रधानमन्त्रीसँग शनिबार बैठक भएपनि बाढी ग्रस्त क्षेत्रको निरीक्षणमा आएको बताए ।

माडी र मेघौली दाहालको निर्वाचन क्षेत्र चितवन-३ अन्तर्गत पर्दछ ।

प्रकाशित : असार २७, २०७७ १४:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?