कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढी-पहिरो पीडितलाई विद्यालय र सार्वजनिक भवनमा राखिने !

काठमाडौँ — मुलुकका विभिन्न भागमा गएको बाढी र पहिरोबाट विस्थापितलाई तत्कालका लागि विद्यालय लगायतका सार्वजनिक भवनमा बसोवासको व्यवस्था गर्नेबारे राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषद्को बैठकमा छलफल भएको छ । 

बाढी-पहिरो पीडितलाई विद्यालय र सार्वजनिक भवनमा राखिने !

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको परिषद्को बैठकमा बाढी-पहिरो पीडितहरूलाई तत्काका लागि सामुदायिक विद्यालय र सार्वजनिक भवनमा राख्ने भन्ने समझदारी भएको हो ।

कोरोना संक्रमणको जोखिमसँगै मनसुन सुरु भएपछि देशका विभिन्न ठाउँमा बाढी पहिरोले क्षति पुर्‍याएपछि परिषद्ले उद्धार र राहतका विषयमा सरोकारवालाहरूसँग गरेको छलफलमा पीडितको उद्दार र राहत तथा बसोवासको व्यवस्थापनबारे छलफल भएको हो ।

बाढी-पहिरोका घटना बढिरहेको अवस्थामा तत्काल उद्धार, राहत र पुर्नस्थापनाका विषयमा प्राधिकरणले सरोकारवालहरूसँग छलफल गरेको परिषद्का कार्यकारी प्रमुख अनिल पोखरेलले बताए । प्राकृतिक विपदबाट पीडितहरूलाई तत्काल उद्धार गरी विद्यालय भवन वा सार्वजनिक भवनहरूमा पुर्नस्थापना गर्ने विषयमा छलफल भएको उनले जानकारी दिए ।

छलफलमा प्रधानमन्त्री ओली, प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता शेरबहादुर देउवा लगायत विभिन्न मन्त्रालयका मन्त्रीहरू र सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।

प्रकाशित : असार २७, २०७७ १५:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?