१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बाजुराको साँफे-मार्तडी सडक अवरुद्ध, सयौं यात्रु अलपत्र

मेनुका ढुंगाना

अम्कोट,बाजुरा — बाजुराको साँफे-मार्तडी सडकअन्तर्गत बुढीगंगा नगरपालिका १ मा पर्ने अम्कोट-द्वारी खण्ड बाढीले बगाउँदा सयौं यात्रु अलपत्र परेका छन् ।

बाजुराको साँफे-मार्तडी सडक अवरुद्ध, सयौं यात्रु अलपत्र

पहिरोसँगै बुढीगंगा नदीमा आएको बाढीले सडकको दुवैतिरबाट कटान गरेपछि सडक खण्ड बाढीले बगाएको छ । घटनास्थल साँफे बगरबाट ४० किलोमिटर माथि र सदरमुकाम मार्तडीबाट १३ किलोमिटर तल पर्छ ।

३ दिनअघि खसेको पहिरोले बुढीगंगा नदी थुनिएको थियो । दुवैतर्फबाट नदी कटान हुन थालेपछि सडक बगाएको बाजुरका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए । अविरल वर्षासँगै आएको बाढीका कारण ताप्रीसेरामा रहेको झोलुंगे पुल पनि नदीले डुबाएको छ । बाढीले एउटा घर बगाएको प्रजिअ गैरेले बताए ।

अम्कोट, बल्दे, सेरा बगर, द्वारी र ताप्रीसेरा पहिरोको उच्च जोखिममा रहेको बुढीगंगा नगरपालिकाकी उपप्रमुख तारा खातीले बताइन् । घटनास्थलमा उद्धार कार्यका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रकाशित : असार २५, २०७७ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?