सभामुख सापकोटा बाढी प्रभावित क्षेत्रमा

असार २५, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — सभामुख अग्‍निप्रसाद सापकोटा सिन्धुपाल्चोकको बाढी गएको क्षेत्र बाह्रबिसेको जम्बु पुगेका छन् ।

मौसमको खराबीका कारण बिहीबार बिहान धुलिखेलबाट फर्किएका सभामुख दिउँसो १ बजे हेलिकप्टरमार्फत बाढीग्रस्त क्षेत्रमा पुगेका हुन् । 

सभामुखले बाढीग्रस्त क्षेत्रको अनुगमन गर्ने र उद्धार तथा राहतका बारेमा जानकारी लिने उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए  । 

लगातारको वर्षासँगै बुधबार राति भोटेकोसी नदीमा आएको बाढीका कारण बाह्रबिसे नगरपालिकाको जम्बुमा २ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता भएका छन् । बेपत्ताहरुको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ । यस्ते घाइते ४ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

बाढी-पहिरो

कान्तिपुर

Link copied successfully