कांग्रेसद्वारा बाढी–पहिरोमा परेकाको तत्काल उद्धार गर्न सरकारसँग माग

रासस

काठमाडौँ — नेपाली कांग्रेसले बुधबार राति सिन्धुपाल्चोकको भोटेकोसी र अन्य नदीमा आएको बाढीले पुर्‍याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । बाढीमा परी हालसम्म दुई जनाको मृत्यु, दुई जना गम्भीर घाइते, १४ जना हराइरहेको तथा अरनिको राजमार्गसमेत अवरुद्ध भएको जनाइएको छ ।

कांग्रेसद्वारा बाढी–पहिरोमा परेकाको तत्काल उद्धार गर्न सरकारसँग माग

कांग्रेसले तत्काल युद्धस्तरमा उद्धारको कार्य गर्न सरकारसँग मागसमेत गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार एक विज्ञप्तिमार्फत उक्त घटनाप्रति दुःख व्यक्त गर्दै सरकारलाई छिटोभन्दा छिटो उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न आग्रह गरेका हुन् ।

यसैगरी उनले सिन्धुपाल्चोकका कांग्रेसका नेता कार्यकर्तालाई तत्काल उद्धारमा खटिन निर्देशनसमेत दिएका छन् । उहाँले बाढीका कारण जीवन गुमाउने व्यक्तिका परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । वर्षाको समयमा हरेक वर्षझैं यस वर्ष पनि बाढी पहिरोको घटना विकराल बन्नसक्ने स्थिति दृष्टिगत गर्दै कांग्रेस केन्द्रीय कार्यसमितिको यही असार २२ गतेको बैठकले यसबारे विपद् व्यवस्थापनको उच्चस्तरीय तयारी प्रारम्भ गर्न सरकारको विशेष ध्यानाकर्षण गराएको थियो । यसबारेमा पुनःसरकारको ध्यानाकृष्ट गराएको विज्ञप्तिमा उल्लेख छ ।


प्रकाशित : असार २५, २०७७ १४:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?