तोकिएका अस्पतालबाहेकले कोरोना परीक्षणको शुल्क लिए कारबाही

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकिएका अस्पतालबाहेकले कोरोना परीक्षणको शुल्क लिए कारबाही गर्ने चेतावनी दिएको छ । केही अस्पतालले स्थानीय तहसँग कोरोनाको पीसीआर परीक्षण शुल्क मागरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ध्यानाकर्षण भएको जनाउँदै कारबाहीको चेतावनी दिएको हो ।

तोकिएका अस्पतालबाहेकले कोरोना परीक्षणको शुल्क लिए कारबाही

मन्त्रालयले बुधबार गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको पीसीआर परीक्षणको सरकारको खर्चमा भइरहेको बताउँदै यदि कुनै पनि निकायले शुल्क लिइएको पाइए नियमानुसार कारबाही गरिने बतााए ।

केही दिन अघि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोनाका कारण आम्दानी न्युन र खर्च बढी भएको भन्दै परीक्षण गरेबापत सरकारले तोकेको ५ हजार ५०० रुपैयाँका दरले रकम शोध भर्ना गर्न स्थानीय निकायलाई पत्र पठाएको थियो ।

प्रकाशित : असार २४, २०७७ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?