कोरोनाबाट मृत्यु हुनेको संख्या ३५ पुग्यो 

असार २२, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

बाग्लुङ जिल्ला नेशीखोलाका गाउँपालिका-३ का २९ वर्षीय पुरुषको मृत्यु भएसँगै संक्रमितको संख्या ३५ पुगेको प्रवक्ता डा जागेश्वर गौतमले बताए । 

मन्त्रालयका अनुसार उनी ढोरपाटन गाउँपालिकाको क्वारेन्टाइमा रहेका थिए । उनको मृत्यु असार २१ गते भएको हो । उनी भारतबाट क्षयरोगको उपचार गराएर फर्किएका थिए । 

कान्तिपुर

Link copied successfully