२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

नेपाल वायुसेवा निगमको चालक दलका ७ जनामा कोरोना संक्रमण

सुरज कुँवर

काठमाडौँ — नेपाल वायुसेवा निगमका ७ जनालाई कोरोना संक्रमण देखिएको छ । सोमबार आएको पीसीआर परीक्षण रिपोर्टमा चालक दलका ७ जनामा कोरोना पोजिटिभ देखिएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । 

नेपाल वायुसेवा निगमको चालक दलका ७ जनामा कोरोना संक्रमण

उनीहरु विदेशबाट नेपालीलाई ल्याउन गरिएकाे उद्धार उडानमा संलग्‍न चालक दलका सदस्य हुन् । निगमले उनीहरुलाई सोल्टी होटलमा बनाइएको क्वारेन्टाइनमा राखेको छ ।


यसअघि हिमालयन एयरलाइन्स क्याप्टेन र फ्लाइट एटेन्डेन्टलाई कोरोना देखिएको थियो ।

प्रकाशित : असार २२, २०७७ १४:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?