कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कपिलवस्तुमा देखियो सलहको नयाँ झुन्ड

राजु चौधरी

काठमाडौँ — कपिलवस्तुमा सलहको अर्को नयाँ झुण्ड देखिएको छ । प्लान्ट क्‍वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीका अनुसार लाखौंको संख्यामा रहेको उक्त झुण्ड बुद्धभूमी, शिवराज नगरपालिका र कपिलवस्तु नगरपालिकामा देखिएको छ ।

कपिलवस्तुमा देखियो सलहको नयाँ झुन्ड

‘भारतको पूर्वतिर जाँदै गर्दा सलहको झुण्ड केही नेपालको बोर्डरमा झरेको देखिन्छ,’ उनले भने, ‘ठूलो झुण्ड भएपनि ठाउँ/ठाउँमा छुटिएका छन् । जंगलमा बसेकाले बालीमा क्षति भइसकेको छैन ।’

पानी परिरहेकाले सलहको झुण्ड खेतमा पसेका छैनन् । धनगढीमा पनि सलह देखिएको छ । उक्त झुण्ड पुरानै वा नयाँ भन्नेमा भने एकिन भइसकेको छैन । ‘धनगढीमा आजै गएको हो भने नयाँ हो । हिजो गएको भए पुरानो हो,’ सुबेदीले भने, ‘त्यसको अध्ययन गरिरहेका छौं ।’

प्रकाशित : असार १५, २०७७ १४:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?