कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

समयमै डायलसिस गराउन नपाउँदा मृत्यु 

मोहन बुढाऐर

धनगढी — समयमा डायलसिस हुन नसक्दा सेती प्रादेशिक अस्पतालमा एकजना मिर्गाैला रोगीको मृत्यु भएको छ ।

समयमै डायलसिस गराउन नपाउँदा मृत्यु 

बैतडी मेलौली-३ का ४७ वर्षीय पुरुषको मंगलबार राति सेती प्रादेशिक अस्पतालमा डायलसिस गराउन अघि मृत्यु भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले ७ गते साँझ बिरामी अस्पताल भर्ना भएको बताए । ‘८ गते डायलसिस गर्नु पर्ने/नपर्ने इनभेष्टगेट गरियो,’ उनले भने,‘९ गते डायलासिस गर्नु पर्ने भयो तर कोरोनाको पीसीआर परीक्षणका लागि थ्रोट स्वाब लियौं । रिर्पोट आउन बाँकी थियो । स्वास्थ्य अवस्था जटिल भई मंगलबार राति उनको मृत्यु भयो ।’

श्रेष्ठले भारतबाट आएकाहरुको सर्म्पकमा बिरामी भएकाले पीसीआर रिपोर्ट आउनुअघि डायलसिस गर्न नसिकिएको बताए । ‘समयमै थ्रोट स्वाब लिएर कोरोना परीक्षण रिर्पोट आएको भए बिरामीले ज्यान गुमाउन पर्दैनथ्यो,’ बिरामीका आफन्तले भने, ‘अस्पतालमा बिरामीको वा गर्नेमा लापर्बाही भइरहेको छ ।’ मृतकको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

यसअघि सेती प्रादेशिक अस्पतालको डायलसिसमा एक महिलाको मृत्युपछि कोरोना पोजिटिभ देखिएको थियो । त्यही कारण देखाउँदै अहिले अस्पताल प्रशासनले उनको पीसीआर रिपोर्ट आउनुअघि डायलसिस नगरेको श्रेष्ठको भनाइ छ ।

प्रकाशित : असार १०, २०७७ १४:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?