गण्डकीमा थप ३२ जनामा कोरोना संक्रमण

असार १०, २०७७

प्रतीक्षा काफ्ले

पोखरा — गण्डकी प्रदेशका विभिन्न ८ जिल्लामा गरी बुधबार थप ३२ जनालाई कोरोना संक्रमण देखिएको छ ।

प्रदेश क्षयरोग केन्द्र र भरतपुर अस्पतालमा गरिएको स्वाब परीक्षणमा लमजुङका ५, पर्वतका १, स्याङ्जाका ७, कास्कीका ५, गोरखाका १, बाग्लुङका ९, तनहुँका १ र नवलपरासी पूर्वका ३ जना गरी ३२ जनालाई कोरोना पोजिटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

प्रदेश स्वास्थ्य निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रममा प्रवक्ता डा. विनोदविन्दु शर्माका अनुसार कोरोना संक्रमित सबै जनालाई सम्बन्धित जिल्लाको आइसोलेसन सेन्टरमा ल्याउने तयारी भइरहेको छ ।

बुधबार थपिएका ३२ जनासँगै गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या ७२९ पुगेको छ । गण्डकीमा कोरोनाबाट १ जनाको मृत्यु भएको छ ।


कोरोना भाइरस

प्रतीक्षा

Link copied successfully