कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

क्वारेन्टाइनबाट घर फर्किएका युवाको बाटैमा मृत्यु 

मोहन बुढाऐर

धनगढी — कैलालीको लम्कीचुहा नगरपालिका–२ स्थित बालसेवा स्कुलको क्वारेन्टाइनमा बसेर घर फर्किएका ३६ वर्षे युवकको सोमबार साँझ बाटैमा मृत्यु भएको छ । 

क्वारेन्टाइनबाट घर फर्किएका युवाको बाटैमा मृत्यु 

जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रतिक बिष्टले क्वारेन्टाइनबाट वडा नम्वर ७ स्थित आफ्नो घर जाँदै गर्दा स्थानीय बगनिया चोकनेर अचानक ढलेका उनको मृत्यु भएको बताए । ‘अहिले उनको शवबाट थ्रोट स्वाब लिई कोरोना परीक्षणका लागि सेती प्रयोगशालामा पठाईएको छ,’ उनले भने, ‘शव कसैलाई छुन दिइएको छैन ।’

डिएसपी बिष्टका अनुसार उनी जेठ २६ गते भारतबाट आएका थिए । सिधै क्वारेन्टाइनमा राखिएका उनको आरडिटी परीक्षणमा नेगेटिभ नतिजा आएको थियो । क्वारेन्टाइनमा बसेको १४ दिन पुरा भएकाले सोमबार घर पठाइएको हो । घर फर्कने बेलासम्म उनलाई कुनै जटिल स्वास्थ्य समस्या नदेखिएको प्रहरीले बताएको छ ।

‘पीसीआर रिर्पोट नेगेटिभ आएपछि आफन्तलाई शव उठाउन दिइने छ,’ डिएसपी बिष्टले भने, ‘त्यतिबेलासम्म घटनास्थलमै शव कुर्नुपर्ने अवस्था छ ।’

कैलाली जिल्लामा कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ । दुईजनाको मृत्युपछि कोरोना पुष्टि भएको थियो ।

प्रकाशित : असार ८, २०७७ २१:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?