गृह मन्त्रालयद्वारा सबै प्रकारका अस्थायी सवारी पास खारेज

असार १, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — गृह मन्त्रालयले लकडाउन घोषणापछि जारी गरिएका सबै किसिमका अस्थायी सवारी पास खारेज गरेको छ । जिल्लाभित्र आवागमन गर्न जारी गरिएका दुईपांग्रे र चारपांग्रे निजी सवारी साधनका पास खारेज गरिएको गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बताए ।

जोर बिजोर प्रणाली लागू भएपछि अस्थायी सवारी पास खारेज गरिएको उनले बताए । सोमबार नै गृह मन्त्रालयले निर्णय कार्यान्वयनका लागि ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । 

सरकारले लकडाउन खुकुलो गरेसँगै जोर बिजोर प्रणालीमा निजी सवारी साधन चल्न दिएको छ । उपत्यकाका तीन जिल्ला बाहेक अन्य जिल्लामा भने ओहोरदोहोर गर्न प्रतिबन्ध कायम नै छ ।

कोरोना भाइरसलकडाउन

कान्तिपुर

Link copied successfully