१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५२

बैठक र भ्रमण भत्ता नलिने राष्ट्रिय सभा अध्यक्षको घोषणा

काठमाडौँ — संघीय संसद् राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले २०७७ जेठ २२ गतेदेखि ०७७ चैत मसान्तसम्मको बैठक र भ्रमण भत्ता नलिने बताएका छन् । उनले आफूलाई बैठक र भ्रमणबापत प्राप्त हुने भत्ता सरकारको राजस्व खातामा राख्न संसद् सचिवालयलाई पत्र लेखेका छन् ।

बैठक र भ्रमण भत्ता नलिने राष्ट्रिय सभा अध्यक्षको घोषणा

संघीय संसद् सचिवालयको आर्थिक प्रशासन शाखालाई बिहीबार पत्र लेखेर अध्यक्ष तिमिल्सिनाले भ्रमण भत्ता र बैठक भत्ता नलिने घोषणा गरेका हुन् । उनले राष्ट्रिय सभाको बैठक भत्ता तथा विभिन्न कामको सिलसिलामा मुलुकभित्र भ्रमण गर्दा भत्ता नलिने बताएका छन् ।

मुलुक कोरोना भाइरस संक्रमणको महामारीविरुद्ध लडिरहेको बेला सार्वजनिक खर्चमा मितव्ययिता ल्याउने सरकारको निर्णयसँगै आफूले बैठकभत्ता र भ्रमणभत्ता नलिने तिमिल्सिनाले बताएका छन् ।

संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ का अनुसार अध्यक्ष तिमिल्सिनाले प्रति महिना विशेष भत्तावापत १ हजार रुपैयाँ, संसद बैठक भत्ता प्रतिदिन १ हजार रुपैयाँ (संसद् बैठक बसेको दिनको), भ्रमण भत्ता १ दिनको ३ हजार रुपैयाँ प्राप्त गर्छन् ।

प्रकाशित : जेष्ठ २२, २०७७ १६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?