१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

अर्थमन्त्रीले संसदमा दोहोर्‍याए- विद्युतीय सवारी साधनमा कर छुट हुँदैन

विद्युतीय सवारीको प्रयोग बढ्दा विदेशी मुद्रा अस्वाभाविक खर्च भएकाले जोगाउन कर बढाउनु परेको प्रष्टीकरण

काठमाडौँ — अर्थमन्त्री युवराज खतिवडाले विद्युतीय सवारी साधन आयातमा बढाइएको कर छुट नहुने बताएका छन् । सांसदहरूले बजेटमा राखेको विद्युतीय सवारी साधनको आयातमा कर बढाउने प्रस्ताव फिर्ता लिन माग गरेपछि उनले कर छुट नहुने कुरा दोहोर्‍याएका हुन् । सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले कर छुट हुनुपर्ने माग गरेकोमा उनले अस्वीकार गरेका हुन् ।  

अर्थमन्त्रीले संसदमा दोहोर्‍याए- विद्युतीय सवारी साधनमा कर छुट हुँदैन

विद्युतीय सवारी साधनमध्ये सार्वजनिक यातायातको सवारी साधनमा १ प्रतिशत भन्सार रहेको र त्यसमा कुनै परिमार्जन नगरिएको पनि उनले बताए । यसअघि सबै प्रकारका विद्युतीय साधनलाई एउटै दर भए पनि अहिले ६ वर्गमा विभाजन गरिएको उनले जानकारी दिए ।

कर बढाउँदा पनि विद्युतीय सवारी साधनको भन्सार महसुल अन्य सवारी साधनको भन्दा ५० प्रतिशतले कम रहेको मन्त्री खतिवडाको भनाइ थियो ।

विद्युतीय सवारीको प्रयोग बढ्दा विद्युतको खपत बढे पनि विदेशी मुद्रा अस्वाभाविक खर्च हुनबाट जोगाउन कर बढाउनु परेको अर्थमन्त्री खतिवडाको तर्क थियो । विदेशी मुद्राको अस्वाभाविक खर्च कम गरी राज्यलाई समस्या आउन नदिन कर बढाइएको उनले भनाइ थियो । सर्वसाधारण जनताले न्यून मूल्यका गाडीबाट लाभ लिन सक्ने भएकाले विद्युत् बचत गर्ने नाममा महँगो विद्युतीय गाडी किनेर रकम विदेशिन दिन नहुने पनि उनको भनाइ थियो ।

सार्वजनिक यातायातमा विद्युतीय सवारी साधनलाई प्रश्रय दिने सकारको नीति रहेको उनले स्पष्ट पारे ।

आइतबार भन्सार विभागका महानिर्देशकले विद्युतीय सवारी साधन विलासिताको वस्तु भएकाले कर लगाइएको बताएका थिए ।

प्रकाशित : जेष्ठ १९, २०७७ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?