कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

आइसोलेसन नभएपछि एन्टिबडी पोजिटिभ देखिएकालाई भैंसीगोठमा राखियो

ज्योति कटुवाल

दैलेख — आइसोलेसन नभएपछि भैरवी गाउँपालिकाले आरडीटी परीक्षणमा एन्टीबडी पोजिटिभ देखिएका चार स्थानीयलाई भैंसीको गोठमा राखिएको छ । शनिबार परीक्षणका क्रममा पोजिटिभ भएपछि उनीहरुलाई क्वारेन्टाइनबाट भैंसीगोठमा पठाइएको हो । 

आइसोलेसन नभएपछि एन्टिबडी पोजिटिभ देखिएकालाई भैंसीगोठमा राखियो

१० दिनअघि भारतबाट आएका उनीहरु ३ नम्बर वडाको देउती आधारभूत विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका थिए । आरडिटी पोजिटिभ देखिएपछि अरुलाई पनि सर्ने भन्दै स्थानीयको गोठमा पठाइएको गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी विष्टले बताइन् ।

‘यहाँ आइसोलेसन छैन,’ उनले भनिन्, ‘क्वारेन्टाइनमा राख्दा अरुलाई सर्ने देखिएपछि सुरक्षित रुपमा गोठमा लगिएको हो ।’ उनीहरुलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राख्ने तयारी भइरहेको उनको भनाइ छ ।

उपाध्यक्ष विष्टका अनुसार क्वारेन्टाइनमा एउटै कोठामा ५० जनालाई राखिएको छ । ‘एक्कासी धेरै मानिस भित्रिएपछि व्यवस्थापनमा समस्या भयो,’ उनले भनिन्, ‘अन्य ठाउँका क्वारेन्टाइन पनि भरिएपछि एउटै कोठामा धेरैलाई राख्नुपर्ने बाध्यता भयो ।’

प्रकाशित : जेष्ठ १८, २०७७ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?