कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लघु तथा घरेलु उद्योगलाई ७५ प्रतिशतसम्म कर छुट 

काठमाडौँ — लघु, घरेलु तथा साना उद्योगी व्यवसायीलाई सरकारले ७५ प्रतिशतसम्म कर छुट दिएको छ । जसमध्ये वार्षिक २० लाखसम्म कारोबार गर्ने करदातालाई ७५ प्रतिशत, २० देखि ५० लाख रुपैयाँसम्म कारोबार गर्नेलाई ५० प्रतिशत र ५० लाख देखि एक करोड रुपैयाँसम्म कारोबार गर्नेलाई २५ प्रतिशत आयकर छुट दिने घोषणा अर्थमन्त्री युवराज खतिवडाले गरेका छन् । 

लघु तथा घरेलु उद्योगलाई ७५ प्रतिशतसम्म कर छुट 

लघुउद्यमलाई आयकर छुटको अवधि २ वर्ष थप गरी ७ वर्ष बनाइएको छ भने महिलाद्वारा सञ्चालित लघु उद्यमलाई कर छुटको अवधि ३ वर्ष थप गरी १० वर्ष पुर्‍याइएको छ ।

यस्तै, औद्योगिक क्षेत्र वा ग्राममा स्थापना हुने विशेष उद्योगलाई पाँच वर्षसम्म कर छुट दिइएको छ । ती क्षेत्रमा स्थापना भएका उद्योगहरूले कारोबार सुरु भएको मितिले ५ वर्षसम्मको आयकरमा २५ प्रतिशत छुट पाउने छन् ।

प्रकाशित : जेष्ठ १५, २०७७ २०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?