कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बजेटको प्रमुख प्राथमिकता स्वास्थ्य क्षेत्र [पूर्ण पाठसहित]

काठमाडौँ — अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट संघीय संसद प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा प्रस्तुत गरेका छन् । बिहीबार ४ बजे बसेको संयुक्त बैठकमा मन्त्री खतिवडाले २ घण्टा लगाएर बजेट प्रस्तुत गरेका हुन् । आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्र प्रमुख प्राथमिकतामा परेको छ ।

बजेटको प्रमुख प्राथमिकता स्वास्थ्य क्षेत्र [पूर्ण पाठसहित]

आगामी वर्षको बजेटमा कोरोना भाइरसको प्रभाव परेको छ । विश्व अर्थतन्त्रमा कोरोना भाइरसको प्रभाव परेको अवस्थामा छ । कोरोना भाइरसको प्रभावस्वरुप नै आगामी आर्थिक वर्ष २०७७/७८ को कूल बजेट गतवर्षको भन्दा घटेको छ । आगामी वर्षको बजेटको आकार कुल बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको तय भएको छ ।

चालु आर्थिक वर्ष २०७६/७७ को बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको थियो ।

स्वास्थ्य क्षेत्रको बजेटमा उल्लेख्य वृद्धि, के-के परे प्राथमिकतामा?

आगामी आर्थिक वर्षका लागि विनियोजन भएको बजेटमा चालुतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड छ भने पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड रहेको छ । त्यसैगरी वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ७२ अर्ब ७९ करोड बजेट विनियोजन गरिएको छ ।

यस्तै खर्चको स्रोत व्यवस्थापन तर्फ राजश्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड रुपैयाँ र वैदेशिक अनुदानबाट ६० अबै ५२ करोड रुपैयाँ व्यवस्थापन गर्ने भएको छ । त्यस्तै वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड जुटाउने र अपुग २ खर्ब २५ अर्ब आन्तरिक ऋणबाट व्यहोर्ने भएको छ ।

आगामी आर्थिक वर्षको बजेटको पूर्णपाठ

प्रकाशित : जेष्ठ १५, २०७७ १९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?