कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अन्तर्राष्ट्रिय विमानस्थलहरूका लागि १९ अर्ब विनियोजन

काठमाडौँ — आगामी आर्थिक वर्षमा निर्माण हुने अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सरकारले साढे १९ अर्ब रकम विनियोजन गरेको छ । उक्त रकम नयाँ विमानस्थल निर्माण र एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पुनर्निर्माणमा खर्च गरिने अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए । 

अन्तर्राष्ट्रिय विमानस्थलहरूका लागि १९ अर्ब विनियोजन

'सुरक्षित, नियमित, विश्वसनीय र सुलभ हवाइसेवाका लागि गुणस्तरीय हवाई पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको छ,' मन्त्री खतिवडाले बजेट प्रस्तुत गर्ने क्रममा बिहीबार भने, 'अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि १९ अर्ब ४२ करोड बजेट विनियोजन गरेको छु ।'

यसरी विनियोजन भएको बजेटबाट अन्तरप्रदेश हवाइ सम्पर्क विस्तार र अन्तर्राष्ट्रिय हवाई सेवा बढाइने मन्त्री खतिवडाले बताए ।

'गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा ल्याउन तथा दोस्रो टर्मिनल भवन लगायतका थप पूर्वाधार निर्माण गर्न त्रिभुवन विमानस्थलको स्तरोन्नति गर्न तथा अन्तर्राष्ट्रिय टर्मिनल भनवनको स्तरोन्नति र पोखरा विमानस्थलको काम सम्पन्न गर्न आवश्यक रकमको व्यवस्था गरेको छु,' मन्त्री खतिवडाले भने ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको हवाई क्षेत्रभित्रको बस्ती स्थान्तरण गर्न र परिपथ निर्माण गर्न आवश्यक बजेट व्यवस्था गरिएको उनले बताए ।

प्रकाशित : जेष्ठ १५, २०७७ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?