कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आगामी आर्थिक वर्षको सुरुवातमै मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण गरिने

काठमाडौँ — सरकारले आगामी आर्थिक वर्षको सुरुवात बाटै मेलम्चीको पानी काठमाडौंमा वितरण सुरु गर्ने भएको छ ।

आगामी आर्थिक वर्षको सुरुवातमै मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण गरिने

अर्थमन्त्री युवराज खतिवडाले संसदमा ०७७/०७८ को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षको सुरुवातमै मेलम्चीको पानी वितरण गर्न बजेटको व्यवस्था गरिएको बताएका हुन् ।

सरकारले मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको काम सुरु गर्न ५ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षभित्र नै मेलम्ची खानेपानी आयोजनाको आधारभूत निर्माण कार्य सम्पन्न गरिने पनि मन्त्री खतिवडाले बताएका छन् ।

यस्तै, काठमाडौं उपत्यकाको खानेपानी र ढल व्यवस्थापनका लागि ५ अर्ब ८९ करोड विनियोजन गरेको मन्त्री खतिवडाले बताए ।

प्रकाशित : जेष्ठ १५, २०७७ १७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?