काठमाडौँ — विज्ञान तथा प्रविधिको क्षेत्रलाई कम प्राथमिकता दिएर सरकारले नयाँ आर्थिक वर्षको बजेट ल्याएको छ । उन्नत अर्थतन्त्र निर्माणका लागि विज्ञान प्रविधिको विकास गर्ने बताएपनि विज्ञान तथा प्रविधिको क्षेत्रमा बजेटले सम्बोधन गरने । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले विज्ञानका क्षेत्रमा कम कार्यक्रमहरु मात्रै सार्वजनिक गरे ।
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको भौतिक संरचना निर्माणका लागि सरकारले १ अर्ब २५ करोड विनियोजन गरेको छ । तर, विज्ञान क्षेत्रको अनुसन्धानका लागि सरकारले नयाँ कुनै योजनाहरु ल्याएन ।
बजेट भाषण गर्दै अर्थमन्त्री खतिवडाले नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान (नास्ट) को सुदृढिकरण गर्नका लागि बजेट विनियोजन गरिएको बताए ।
बजेट परमाणविक अनुसन्धान केन्द्र स्थापनाका लागि बजेट विनियोजन गरिएको मन्त्री खतिवडाले बताए । यस्तै, सबै प्रदेशमा राष्ट्रियस्तरको विधि विज्ञान प्रयोगशालाको निर्माण गरिने भएपनि आगामी वर्ष २ वटा प्रदेशमा विधि विज्ञान प्रयोगशालाको स्थापना गरिने मन्त्री खतिवडाले बताए ।
सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि यस वर्ष १ खर्ब ७१ अर्ब ७१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
