१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सुरक्षाकर्मी र कर्मचारीको पोसाक नेपालमै उत्पादन गरिने

काठमाडौँ — अर्थमन्त्री युवराज खतिवडाले राज्यकोषबाट खर्च बेहोरिने सुरक्षाकर्मी र कर्मचारीले प्रयोग गर्ने सामग्री स्वदेशमा नै उत्पादन गर्ने बताएका छन् । त्यसका लागि सरकारले बजेट व्यवस्थापन गर्ने खतिवडाले बताए । 

सुरक्षाकर्मी र कर्मचारीको पोसाक नेपालमै उत्पादन गरिने

संघीय संसदको संयुक्त बैठकमा बिहीबार आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले भने, 'राज्यकोषबाट खर्च बेहोरिने सुरक्षाकर्मी लगायतका राष्ट्रसेवकको पोसाक, जुत्ता र अन्य उपभोग्य सामग्री स्वदेशमा नै उत्पादन गर्ने व्यवस्था मिलाइनेछ ।'

त्यसका लागि साना तथा मझौला उद्योगलाई विकास र विस्तार गर्न सीपको विकास र प्रोत्साहन गर्नका लागि बजेट व्यवस्था गरिएको मन्त्री खतिवडाले जनाए ।

स्वदेशी वस्तुको उपभोगका लागि स्वदेशी कपडा उद्योग, धागो उद्योगलाई प्रोत्साहन गरिने मन्त्री खतिवडाले जनाए ।

प्रकाशित : जेष्ठ १५, २०७७ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?