चुरे संरक्षणका लागि १ अर्ब ५५ करोड विनियोजन

जेष्ठ १५, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले चुरे स‌ंरक्षण कार्यक्रमका लागि १ अर्ब ५५ करोड रुपैयाँ विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दै अर्थमन्त्री युवराज खतिवडाले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको पुर्नसंरचना समेत गरिने बताए ।

चुरे क्षेत्रमा भूक्षय नियन्त्रण,वर्षातको पानी उपभोग,सीमसारको व्यवस्थापन, जल पर्नभरण लगायतका कार्यक्रमहरु सञ्‍चालन गरिने अर्थमन्त्री खतिवडाले बताए । 

सरकारले वैज्ञानिक वन व्यवस्थापन मार्फत आर्थिक गतिविधिलाई समेत समेट्ने योजना सारेको छ ।

जडिबुटीको व्यवसायिक खेतीको विस्तार गर्दै प्रशोधन र बजारीकरणसहित विशिष्ट ब्रान्डिङ गरेर निर्यात प्रवर्द्धन गरिने अर्थमन्त्री खतिवडाले बताए । कर्णाली र सुदुरपश्चिम प्रदेशमा जडिबुटी विकास विशेष कार्यक्रम सञ्‍चालन गर्ने सरकारको तयारी छ ।

यस्तै, बृहत वनस्पति उद्यान निर्माण सम्बन्धी कार्य सुरु गर्ने बजेटमा उल्लेख छ । 

बजेट २०७७

कान्तिपुर

Link copied successfully