कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

कृषकलाई रासायनिक मलमा ११ अर्ब अनुदान, उखु किसानलाई ९५ करोड

काठमाडौँ — सरकारले उखु किसानहरूलाई दिने अनुदान सामूहिक खेती गर्नेलाई मात्रै शीतभण्डारका लागि अनुदान दिने भएको छ । 

कृषकलाई रासायनिक मलमा ११ अर्ब अनुदान, उखु किसानलाई ९५ करोड

२ सय खाद्य भण्डारण स्थापनाको लागि १ अर्ब बजेट विनियोजन गरिएको अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए । बिहीबार आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले सबै स्थानीय तहमा कृषि बजार पूर्वाधार निर्माण गरिने बताए । उनले रासायनिक मल अनुदानका लागि ११ अर्ब विनियोजन गरिएको बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण योजनाका लागि ३ अर्ब २२ करोड बजेट विनियोजन गरिएको छ । त्यो रकमले प्रत्येक स्थानीय तहमा कृषि पकेट क्षेत्र स्थापना गरिने अर्थमन्त्री खतिवडाले बताए । त्यस्तै, किसान क्रेडिट कार्डको अवधारण सुरु गर्नका लागि बजेट विनियोजन गरिएको छ ।

ऊखु किसानलाई दिइने अनुदान ९५ करोड पुर्‍याइएको छ । कृषि सामग्रीको मूल्यको जानकारी मोबाइल एपमार्फत दिने व्यवस्थाका लागि पनि बजेट विनियोजन गरिएको छ ।

सबै प्रदेशमा ७८ कृषि थोक बजार स्थापना गर्न र कृषि हबका लागि बजेट व्यवस्थापन गरिएको पनि अर्थमन्त्री खतिवडाले जानकारी दिए ।

कृषि क्षेत्रमा श्रम र रोजगारीको सिर्जना गरिने अर्थमन्त्रीले बताएका छन् । उनले कृषि भूमिको अधिकतम उपयोग गरिने र सामूहिक खेती र उत्पादनमा जोड दिनका लागि बजेट व्यवस्था गरिएको बताए । त्यसैअनुसार बिउ, मल र सिचाइ उपलब्ध गराइने मन्त्री खतिवडाले बताए ।

आगामी वर्ष दूध, तराकारी र मासुजन्य पदार्थमा आत्मनिर्भर हुने गरी कार्यक्रम अगाडि बढाइने पनि मन्त्री खतिवडाले बताए । चैते धान, बसन्ते मकैलगायत कृषित उत्पादनमा मुलुकलाई आत्मनिर्भर गर्दै खाद्य सुरक्षा व्यवस्था गर्नक लागि पोषक र औषधीय गुण भएका खाद्य उत्पादनलाई प्रोत्साहन गरिने भएको छ ।

प्रकाशित : जेष्ठ १५, २०७७ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?