प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, संविधान संशोधनमा सहमति जुटाउने प्रयास

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । मंगलबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो । बैठकमा संविधान संशोधन र कोरोना भाइरसको संक्रमण रोकथामबारे छलफल हुनसक्ने बताइएको छ ।

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, संविधान संशोधनमा सहमति जुटाउने प्रयास

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार संसदमा प्रतिनित्व गर्ने राजनीतिक दलहरूका प्रमुख नेताहरूलाई बैठकमा बोलाइएको छ । कुन विषयमा छलफलका लागि सर्वदलीय बैठक आह्वान गरिएको भन्ने स्पष्ट भइसकेको छैन ।

कोरोना भाइरसको संक्रमण फैलिइरहेको अवस्था र संविधान संशोधनका बारेमा सम्भवतः सर्वदलीय बैठकमा छलफल हुनेछ । भारतले अतिक्रमण गरेका नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नक्सा अध्यावधिक गरेपछि सोहीअनुसार निशान छाप परिमार्जन गर्नका लागि सरकारले संविधान संशोधन विधेयक संसदमा लगेको छ । उक्त विधेयकमाथि सबै दलबीच सहमति कायम गर्नका लागि संसदले सरकारलाई आग्रह गरेको थियो । उक्त विधेयक मंगलबार बस्ने संसदको बैठक पेश नहुने भएको छ । सरकारले सबै दलबीच सहमति कायम गरेर उक्त विधेयक अगाडि बढाउने भएकाले नै आजको कार्यसूचीमा नराखिएको र प्रधानमन्त्रीले सर्वदलीय बैठक आह्वान गरिएको हुनसक्ने एक मन्त्रीले जानकारी दिए ।

राजपा र समाजवादी दलहरूले संविधान संशोधनका क्रममा आफूहरूले उठाउँदै आएका माग पनि समेट्नुपर्ने बताउँदै आएका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसले भने संविधान संशोधनको समर्थन गरेको छ ।

सम्बन्धित समाचारः

प्रकाशित : जेष्ठ १३, २०७७ १३:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?