कोरोनाबाट मृत्यु भएकी महिलाको शिशु डिस्चार्ज

जेष्ठ ९, २०७७

कविन अधिकारी

काठमाडौँ — कोरोना संक्रमणले आमाको मृत्यु भएपछि अस्पतालमै रहेकाे नवजात शिशुलाई शुक्रबार धुलिखेल अस्पतालबाट डिस्चार्ज गरिएको छ । शिशुलाई अस्पतालमा जेठ ३ गतेदेखि राखिएको थियो ।

उक्त शिशुलाई मावलीकी हजुरआमाले लगेकी छन् । उनीहरु होम क्‍वारेन्टाइनमै रहनेछन् ।

सिन्धुपाल्चोक निवासी २९ वर्षीया महिलाको कोरोना भाइरसको संक्रमणबाट गत बिहीबार मृत्यु भएको थियो ।

लकडाउनकोरोना भाइरस

कविन

Link copied successfully