एकैदिन बाँकेका २१ जना संक्रमित डिस्चार्ज, निको हुनेको संख्या ७० पुग्यो

रुपा गहतराज

नेपालगन्ज — कोरोना संक्रमण बढेको बाँकेमा निको हुनेको संख्या पनि बढेको छ । बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना विशेष आइसोलेसनमा रहेका २७ जना कोरोना संक्रमितमध्ये २१ जनाको दोस्रो रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको छ ।

एकैदिन बाँकेका २१ जना संक्रमित डिस्चार्ज, निको हुनेको संख्या ७० पुग्यो

दोस्रो पटक पनि कोरोना जाँच गर्दा नेगेटिभ नतिजा आएपछि उनीहरुलाई शुक्रबार घर पठाइएको डाक्टर राजन पाण्डेले बताए ।

डिस्चार्ज हुनेहरुमा ९ जना महिलासहित १२ जना पुरुष रहेका छन् । जसमा तीन जना बालक रहेका छन् ।

डिस्चार्ज हुनेमा पहिलो संक्रमित भनिएका भएका ६० वर्षीय वृद्ध पनि छन् । उनीहरु सबै नेपालगन्ज उपमहानगरपालिका–८ अन्सारी टोलका रहेको डा. पाण्डेले बताए । आइसोलेसनबाट डिस्चार्ज हुँदै गदाए उनीहरु सबैको अनुहारमा खुसी छाएको थियो ।

देशमै पहिलोपटक ठूलो संख्यामा कोरोना संक्रमित निको भएर घर फर्किएका हुन् । योसँगै नेपालभर स‌ंक्रमण पुष्टि भएका ४८७ जनामध्ये निको हुनेको संख्या ७० पुगेको छ । कोरोनालाई जितेर घर फर्किंदा उनीहरुमा मुहार बेग्लै उत्साह थियो । पालैपालो स्वास्थ्यकर्मीले गम्छा अनि हातमा फूल थमाए ।

स्वास्थ्यकर्मीले उनीहरले घरमा बसेर के गर्ने ? के नगर्ने भन्ने तालिका दिएर पठाएका छन् । कोरोनामुक्त हुनेहरु सबै नेपालगन्जका हुन ।

बाँकेमा गत वैशाख १९ गते पहिलोपटक नेपालगन्ज उपमहानगरपालिकाका ६० वर्षीय वृद्धमा कोरोना पोजेटिभ पाइएको थियो । बाँकेमा अहिलेसम्म १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये नरैनापुरका २५ वर्षीय युवकको मृत्यु भएको थियो ।

प्रकाशित : जेष्ठ ९, २०७७ १३:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?