आज दिउँसो सवा २ बजे नेपालको नयाँ नक्सा औपचारिक रुपमा सार्वजनिक गरिने- समाचार - कान्तिपुर समाचार

आज दिउँसो सवा २ बजे नेपालको नयाँ नक्सा औपचारिक रुपमा सार्वजनिक गरिने

नेपाल टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरिने
कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले बुधबार दिउँसो सवा २ बजे नेपालको नयाँ  राजनैतिक नक्सा औपचारिक रुपमा  सार्वजनिक गर्ने भएको छ ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार  कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा बुधबार दिउँसो औपचारिक रुपमा सार्वजनिक गर्न लागिएको हो । साथै नेपाल टेलिभिजनमार्फत नक्सा सार्वजनिक कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिने पनि मन्त्रालयले जानकारी दिएको छ । 

नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम हुनेछ । अतिक्रमित भूभागको क्षेत्रफल ३३५ वर्गकिलोमिटर छ । अतिक्रमित भूभागबाहेकको नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर छ ।

नक्सा सार्वजनिक गरेसँगै देशभर यसैलाई प्रयोगमा ल्याउने गरी आवश्यक कामकारबाहीसमेत अगाडि बढाइएको मन्त्रालयले बताएको छ । मंगलबार संघीय संसद्का दुवै सदनमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेका भूमि फिर्ता ल्याएरै छाड्ने बताएका थिए । सोमबारको मन्त्रिपरिषद् बैठकले अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सा जारी गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार

लिम्पियाधुरासहित ३३५ वर्ग किलोमिटर भूमि अब नेपालको नक्सामा

प्रकाशित : जेष्ठ ७, २०७७ १२:५०
प्रतिक्रिया
पठाउनुहोस्

रुखको मुढाले लाग्दा युवकको मृत्यु

आनन्द गौतम

ताप्लेजुङ — रुखको मुढाले लागेर फुङलिङ नगरपालिका–१० मयमका ३० वर्षीय युवक बिरल तवेबुङ लिम्बुको मृत्यु भएको छ ।

पहिले नै काटेको पुरानो रुखलाई टुक्र्याउन आफन्तहरुसँगै जंगल गएका उनलाई रुख छुट्याउने क्रममा मुढाले लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विष्णु खड्काले जानकारी दिए ।

‘पुरानो काटेको रुख अर्को रुखमा अड्केको रहेछ, बारीको डिल माथिबाट बञ्चरोले हान्दा उछिट्टिएर पेटमा लागेर मृत्यु भएको रहेछ,’ खड्काले भने, ‘पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याएका छौं ।’ खड्का नेतृत्वको टोली बिहान घटनास्थलमा गएको थियो ।

प्रकाशित : जेष्ठ ७, २०७७ १२:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×