कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९

कोरोना संक्रमित ल्याउन लागिएको भन्दै कोहलपुरमा विरोध

ठाकुरसिंह थारु

नेपालगन्ज — बाँकेको नरैनापुर गाउँपालिकामा राखिएका ५९ जना कोरोना संक्रमितहरु आइसोलेसनमा जान नमानिरहेका बेला उनीहरुलाई ल्याउन लागिएको भन्दै कोहलपुरमा स्थानीयहरु विरोधमा उत्रिएका छन् । कोहलपुरमा रहेको कृषि विकास बैंकको तालिम केन्द्रमा उनीहरुलाई ल्याउने तयारी भएपछि स्थानीय सडकमै उत्रिएका हुन् । 

कोरोना संक्रमित ल्याउन लागिएको भन्दै कोहलपुरमा विरोध

कोहलपुर वडा न. ८ स्थित कृषि विकास बैंकको तालिम केन्द्रमा यसअघि नै भारतबाट फर्केका २५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरु वडा न. ८ र ९ का हुन् । क्वारेन्टाइनमा बसेका उनीहरुलाई बागेश्वरी बहुमुखी क्याम्पसमा सार्ने र नरैनापुरमा रहेका संक्रमितहरुलाई तालिम केन्द्रमा व्यवस्थापन गर्ने स्थानीय प्रशासनले निर्णय गरेको हो । नरैनापुरमा आइसोलेसन नभएका कारण संक्रमितलाई त्यहाँबाट सार्न खोजिएको हो ।

कृषि तालिम केन्द्रबाट अन्यत्र सार्न खोजिएको भन्दै पहिल्यैदेखि केन्द्रमा बसिरहेका २५ जनाले पनि विरोध जनाएका छन् भने उनीहरुका आफन्तले पनि अन्यत्र लैजान नपाउने भन्दै विरोध गरेका छन् । क्वारेन्टाइनमा बसेका व्यक्तिहरुलाई बागेश्वरी बहुमुखी क्याम्पसमा ल्याउन थालेको खबर पाएपछि आसपासका स्थानीयहरुले कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतलाई घेराउ गरेका थिए ।

कोहलपुर प्रहरीका प्रमुख डीएसपी कुलचन्द्र चन्दले नरैनापुरबाट कोरोना संक्रमित व्यक्तिहरुलाई ल्याउन लागेको भन्दै स्थानीयहरु सडकमा उत्रिएको बताए । ‘बागेश्वरी बहुमुखी क्याम्पसमा राख्न खोज्यो त्यही विरोध । राम माविमा राख्न खोज्यो त्यही विरोध भइरहेको छ,’ उनले भने, ‘यस्तो संकटका बेला स्थानीयले विरोध गर्दा काम गर्न असहज भइरहेको छ ।’

खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालको आइसोलेसन वार्ड भरिएपछि समस्या भएको हो ।

मंगलबार बसेको सुरक्षा बैठकले नेपालगन्जस्थित लायन्स डेन्टल अस्पताल र कोहलपुर नगरपालिकास्थित कृषि विकास बैंकको तालिम कक्षमा आइसोलेसन वार्ड बनाएर उनीहरुलाई ल्याउने निर्णय गरेको थियो ।

प्रकाशित : जेष्ठ ६, २०७७ १९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पछिल्लो समय ठुल्ठूला सवारी दुर्घटना बढेका छन् । यसको मुख्य कारण के होला ?

x
×