सम्बोधन गर्दै गर्दा प्रधानमन्त्रीलाई उभिन गाह्रो भएपछि कुर्सीको व्यवस्था

जेष्ठ ६, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनको खुट्टामा समस्या देखा परेको हो । 

'सभामुखज्यू मलाई उभिएर बोल्न गाह्रो भयो,' ओलीले भनेका थिए, 'स्वास्थ्यका कारण गाह्रो भयो । अपरेसन गरेकाले समस्या भएको छ ।'

प्रधानमन्त्रीलाई गाह्रो भएपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद्का महासचिवलाई कुर्सीको व्यवस्था गरिदिन निर्देशन दिएका थिए ।

रोष्ट्रममा उभिएर बोलिरहेका प्रधानमन्त्रीलाई कुर्सीको व्यवस्था गरिएको छ । उनले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिइरहेका छन् ।

सम्बोधन हेर्नुहोस् 

कान्तिपुर

Link copied successfully