प्रधानमन्त्री ओलीको स्वास्थ्य

सम्बोधन गर्दै गर्दा प्रधानमन्त्रीलाई उभिन गाह्रो भएपछि कुर्सीको व्यवस्था

जेष्ठ ६, २०७७

प्रतिनिधिसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनको खुट्टामा समस्या देखा परेको हो । ...

प्रधानमन्त्री ओलीलाई संक्रमणको आशंका

प्रधानमन्त्री केपी शर्मा ओलीको पिसाबमा संक्रमण भएको आशंका गरिएको छ । उपचारमा संलग्न चिकित्सक टोलीलाई ‘क्लेबसेला ब्याक्टेरिया’ को संक्रमण भएको शंका लागेसँगै पिसाबको कल्चर गर्न पठाइएको छ । कल्चरको रिपोर्ट आउन कम्तीमा ४८ घण्टा लाग्ने भएकाले त्यो हेरेपछि मात्र डिस्चार्जबारे निर्णय लिन सकिने चिकित्सकहरूले बताएका छन् । 

प्रधानमन्त्री ओलीकी मिर्गौलादाता समीक्षा डिस्चार्ज

प्रधानमन्त्री केपी शर्मा ओलीकी मिर्गौलादाता समीक्षा संग्रौला बुधबार अस्पतालबाट डिस्चार्ज भएकी छन् । अस्पतालबाट डिस्चार्ज हुनुअघि बुधबारै दिउसो ३ बजे उनले ‘लिभर आईसीयू’ मा गएर ओलीलाई भेटेकी थिइन् ।

प्रधानमन्त्री ओली र मिर्गौलादाता समीक्षाबीच भेट [अपडेट]

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौलादाता समीक्षा संग्रौलाले बुधबार भेटेकी छिन् । ‘लिभर आईसीयू’ मा गएर समीक्षाले मामासमेत रहेका प्रधानमन्त्री ओलीलाई दिउँसाे ३ बजे भेटेकी हुन् ।

प्रधानमन्त्री हिँड्‍डुल गर्न थाले : अस्पताल

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सन्तोषजनक रूपमा सुधार भइरहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्दै चिनियाँ राष्ट्रपति सीले पठाए सन्देश

प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनका राष्ट्रपति सी चिनफिङले शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । बुधबार मिर्गौला प्रत्यारोपण गराएर स्वास्थ्यलाभ गरिरहेका ओलीलाई एक सन्देश पठाउँदै चिनफिङले व्यक्तिगत र चिनियाँ जनताको तर्फबाट स्वास्थ्यलाभको कामना गरेका हुन् । 

‘प्रत्यारोपणमा भारतीय चिकित्सक सामेल गराउने निर्णय प्रधानमन्त्रीकै हो’

त्रिवि शिक्षण अस्पतालको यूरोलोजी विभागका प्रमुख प्रा.डा. उत्तम शर्मा मिडियामा आउन त्यति रुचाउँदैनन् । अहिले भने उनलाई मिडियाले यति धेरै पछ्याइरहेको छ कि उनलाई क्यामराको लेन्स र प्रश्नहरुबाट छेको पर्न निकै कठिन भइरहेको छ ।

प्रधानमन्त्रीलाई हिँडडुल गराउन थालियो, समीक्षाको स्वास्थ्यमा पनि सुधार

 प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा अपेक्षाकृत रुपमा क्रमिक सुधार भइरहेको अस्पतालले जनाएको छ । बुधबार मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीलाई शुक्रबारदेखि हिँडडुल गराउन थालिएको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डाक्टर प्रेमसिंह खड्गाले जानकारी दिए ।

ओली सजिला बिरामी

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपणपछि तंग्रिँदै गरेका प्रधानमन्त्री केपी शर्मा ओली निकै भलादमी बिरामी रहेको निजी चिकित्सक दिव्या सिंह शाहले बताएकी छन् । मिर्गौला प्रत्यारोपण सफल भएकाले निकै हर्षित मुद्रामा देखिएकी डा. शाहले बिरामीका रूपमा प्रधानमन्त्रीको सहज र ज्ञानी स्वभाव पनि सफलताको कारक रहेको दाबी गरिन् । उनले प्रधानमन्त्री ओलीको कहिल्यै निराश नहुने स्वभावले पनि सम्पूर्ण उपचार प्रक्रियामा थप बल पुगेको बताइन् ।

यस्ता थिए प्रधानमन्त्री अस्पताल जानु पहिले बसेको मन्त्रिपरिषद बैठकका निर्णय

प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मिर्गौला प्रत्यारोपण भयो । उनी त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत छन् । उनी सोमबार मिर्गौला प्रत्यारोपण गर्नका लागि अस्पताल भर्ना भएका थिए ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य, आजदेखि तरल र नरम ठोस पदार्थ खान दिइयोः चिकित्सक

त्रिवि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । बिहीबार दिउँसो ४ बजे अस्पतालले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाको जानकारी दिनका लागि आयोजित पत्रकार सम्मेलनमा उनको अवस्था सामान्य रहेको जानकारी दिइएको हो । 

'बायाँ मिर्गौला झिकेर बायाँतर्फ नै जोड्यौं'

प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार त्रिवि शिक्षण अस्पतालमा लगभग साढे चार घण्टा लगाएर सफलतापूर्वक दोस्रो मिर्गौला प्रत्यारोपण गरिएको छ । उक्त प्रत्यारोपणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका मिर्गौला प्रत्यारोपण विशेषज्ञ प्रा.डा. प्रेम ज्ञवालीसँग गरिएको विशेष अन्तरवार्ता :

प्रधानमन्त्री ओलीमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थाल्यो : चिकित्सक

प्रधानमन्त्री केपी शर्मा ओलीमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालेको चिकित्सकले जानकारी दिएका छन् । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्‍गाले बुधबार प्रधानमन्त्री ओलीमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालेको बताएका हुन् ।

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण सकियो, आईसीयूमा सारियो

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सकिएको छ। प्रधानमन्त्रीलाई कलेजो प्रत्यारोपण युनिटको आईसीयूमा राखिएको डा.अरुण सायमीले बताए । त्यहाँ प्रधानमन्त्रीलाई ७ दिनसम्म चिकित्सकहरुको निगरानीमा राखिने उनले जानकारी दिए ।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण 'लगभग सकियो'

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण अन्तिम चरणमा पुगेको छ । बुधबार बिहान १० बजेदेखि सुरु भएको प्रत्यारोपणको काम लगभग सकिएको त्रिवि शिक्षण अस्पतालका निर्देशक प्रेमकृष्ण खड्‌गाले कान्तिपुरलाई बताए ।

प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई शल्यक्रिया कक्षमा लगियो

प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार मिर्गौला प्रत्यारोपण गर्नका लागि शल्यक्रिया कक्षमा लगिएको छ । उनको शल्यक्रिया अवधी करिब ५ घण्टाको रहने छ ।

प्रधानमन्त्रीको प्रत्यारोपण : विभिन्‍न देशका समकक्षीले पठाए शुभकामना सन्देश

प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार दोस्रोपटक मिर्गौलाको प्रत्यारोपण महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा गरिँदै छ । प्रधानमन्त्री ओलीको प्रत्यारोपणको सफलताको कमना गर्दै विभिन्न देशका समकक्षीहरुले उनलाई लिखित शुभकामना सन्देश पठाएका छन् ।

मिर्गौला प्रत्यारोपण लागि प्रधानमन्त्रीलाई आवश्यक औषधि दिन थालियाे

त्रिवि शिक्षण अस्पतालले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपका लागि आवश्यक औषधि दिन सुरु गरिएको बताएको छ । मंगलबार दिउँसाे प्रेस विज्ञप्ति जारी गर्दै शिक्षण विशेषज्ञहरुबाट स्वास्थ्य परीक्षण गरिएको समेत जानकारी दिइएको छ ।