अतिक्रमित भूभागसहितको नेपालको नक्सा तयार, आजैको मन्त्रिपरिषद्‍ बैठकमा प्रस्तुत हुने 

जेष्ठ ४, २०७७

बिनु सुवेदी

काठमाडौँ — भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूभागसमेत समेटिएको नेपालको नयाँ नक्सा भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले तयार पारेको छ । स्रोतका अनुसार आजै बस्ने मन्त्रिपरिषद् बैठकमा भूमि व्यवस्था मन्त्री पद्‍मा अर्यालले यो नक्सा प्रस्तुत गर्दैछिन् । मन्त्रिपरिषद्‍ले आवश्यक छलफल पश्चात जारी गर्नेबारे निर्णय गर्नेछ । 

सरकारले नीति तथा कार्यक्रममा नै अतिक्रमित भूमि समेटेर नयाँ नक्सा जारी गरिने घोषणा गरेको थियो । 

भारतले नेपाली भूमि हुँदै तिब्बतको मानसरोवर जाने सडक उद्‍घाटन गरेपछि अतिक्रमित भूमिबारे फेरि बहस सुरु भएको हो । यसअघि भारतले नेपाली भूमिसमेत समेटेर नयाँ नक्सा जारी गरेको थियो । सत्तारुढ नेकपाको सचिवालय बैठकले सरकारलाई नयाँ नक्सा जारी गर्न सल्लाह दिएको थियो । यसअघि तीन संसदीय समितिले पनि नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएका थिए । 

बिनु

Link copied successfully