कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनाबाट दोस्रो व्यक्तिको मृत्यु, नरैनापुरमा मृत्यु भएका युवामा कोरोना पुष्टि

काठमाडौँ — नेपालमा कोभिड-१९ (कोरोना) संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु भएको छ । आइतबार बिहान बाँकेको नरैनापुर क्वारेन्टाइनमा रहेका २५ वर्षिय युवाको मृत्यु भएको थियो । उनको स्वाब परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताए । 

कोरोनाबाट दोस्रो व्यक्तिको मृत्यु, नरैनापुरमा मृत्यु भएका युवामा कोरोना पुष्टि

मन्त्रालयका अनुसार ती २५ वर्षीय पुरुष वैशाख ३० गते भारतबाट आएका थिए ।

ती युवाको गएराति ज्वरो तथा झाडापखाला लागेपछि स्वास्थ्यमा समस्या आएको थियो ।

नरैनापुरको मटैया-५ स्थित दिपेन्द्र प्राविको क्वारेन्टाइनमा बस्दै आएका उनको उनको बिहान ६ बजेर ४० मिनेटमा निधन भएको थियो ।

ती युवाको शनिबार मात्रै स्वाब संकलन गरी पीसीआर परीक्षण गर्न लगिएको थियो ।

प्रकाशित : जेष्ठ ४, २०७७ १६:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?