'नेपाललाई कोरोना मुक्त देश बनाउनु सरकारको पहिलो प्राथमिकता रहेको छ'

जेष्ठ २, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — आगामी आर्थिक वर्षमा नेपाललाई कोरोना भाइरस मुक्त बनाउने सरकारले लक्ष्य लिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै सरकारको आगामी वर्षको लक्ष्य कोरोना मुक्त मुलुक बनाउने बताएकी हुन् ।

'नेपाललाई कोभिड- १९ महामारी मुक्त देश बनाउनु यस सरकारको पहिलो प्राथमिकता हुनेछ,' राष्ट्रपति भण्डारीले भनिन् । यसका लागि सरकारले महामारीको रोकथामका लागि स्वास्थ्य सजगता पालना गर्ने र गराउने तथा संक्रमण परीक्षणलाई व्यापक बनाउने सरकारको नीति रहेको छ ।

त्यस्तै, यसका लागि औषधि उपकरण र चिकित्सकको पर्याप्त व्यवस्था र परचालन गर्ने नीति पनि सरकाले लिने भएको छ । 'कुनै पनि व्यक्तिको ज्यान जान नदिन सरकार दृढ भएर लागेको छ । यस महारमारीले मुलुकको सबै क्षेत्रमा पारेको क्षतिको अध्ययन गरिरहेको छ,' नीति तथा कार्यक्रममा भनिएको छ ।

सरकारले कोरोना मुक्त देश बनाउनका लागि स्वास्थ्य र शिक्षा क्षेत्रमा व्यापक परिवर्तन गर्ने नीति लिने पनि उल्लेख गरिएको छ । 

सरकारले लकडाउनलाई क्रमश खुकुलो पार्दै कृषि र औद्योगिक उत्पादनमा बढावा दिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

सम्बन्धित समाचारः

कान्तिपुर

Link copied successfully