काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकभरबाट तुइन विस्थापित गर्ने सरकारको प्रतिबद्धता पूरा भएको बताएकी छन् । संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेक्रममा राष्ट्रपति भण्डारीले तुइन अन्त्य सरकारको लक्ष्य पूरा भएको बताएकी हुन् ।
यस्तै उनले सरकारले देशलाई सडक मानवमुक्त बनाएको समेत बताइन् । कृषि उत्पादकत्वको विकास तथा व्यवसायीकरण गर्नका लागि सरकारले ठूलो लगानी गर्ने राष्ट्रपति भण्डारीको भनाइ छ ।
