काठमाडौँ — संघीय संसद्को संयुक्त सदन सुरु भएको छ । संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् । स्वास्थ्य पूर्वाधार, रोजगारी सिर्जना र कोभिड–१९ ले समस्या परेका क्षेत्रका लागि सुविधा र आर्थिक प्याकेजलाई प्राथमिकता दिइनेछ ।
