कोरोनाविरुद्ध एकढिक्का भएर लाग्न राष्ट्रपतिको आग्रह

जेष्ठ २, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसको संक्रमणविरुद्ध एकढिक्का भएर लाग्न सबैलाई आग्रह गरेकी छन् । 

संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति भण्डारीले शुक्रबार सबैलाई एकढिक्का भएर लाग्न आग्रह गरेकी हुन् । 

'नेपाल सरकारले चालेको कदममा साथ दिई सहयोग गर्नुभएकोमा सबैमा हार्दिक धन्यवाद प्रदान गर्दछु,' राष्ट्रपति भण्डारीले भनिन्, 'संक्रमण थप फैलिन नदिन र महामारी फैलिन नदिनका लागि सबैलाई आग्रह गर्दछु ।'

उनले फ्रन्टलाइनमा खटिनेहरूलाई धन्यवाद दिएकी छन् । 

राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन् । 

कान्तिपुर

Link copied successfully