कोभिड-१९ पछि विशेष किसिमका कार्यक्रम सरकारले तय गर्ने

जेष्ठ २, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले कोभिड-१९ पछिको थप रणनीति र कार्ययोजना तय गरी क्षेत्रगत तथा विशेष किसिमका कार्यक्रम सरकारले तय गर्ने बताएको छ ।

संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले महामारीका कारण रोजगारी गुमाएकाहरु श्रमिक तथा साना किसानलक्षित गरि कार्यक्रमहरु ल्याउने बताएकी हुन् ।

उनले असहाय, गरिब तथा विपन्नलाई लक्षित गरी स्वास्थ्य, शिक्षा र सीप विकास तालिमका कार्यक्रम ल्याउने बताइन् । यस्तै रोजगारी एवं आय आर्जन विशेष कार्यक्रमहरुको पनि सरकारले सञ्‍चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

कान्तिपुर

Link copied successfully