'सरकारको आगामी कार्यदिशा : स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थान'

जेष्ठ २, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले आगामी कार्यदिशा स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थान हुने जनाएको छ । नीति तथा कार्यक्रममा सरकारले यी क्षेत्रलाई प्राथमिकतामा राख्ने जनाएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आगामी कार्यदिशाबारे जानकारी गराएकी हुन् । 'सरकारको अबको कार्यदिशा स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थान हुनेछ,' सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले भनिन् । 

कोरोनाले अर्थतन्त्रमा प्रभाव पारेकाले त्यसलाई पुनरुत्थानका लागि सरकारको प्राथमिकता रहने सरकारको नीति तथा कार्यक्रममा रहेको छ । 

त्यस्तै, वैदेशिक सहयोगमा कमी आउने आँकलन गर्दै सरकारले आगामी आर्थिक वर्षमा आन्तरिक स्रोत परिचालनलाई प्राथमिकता दिने भएको छ । 'कोरोनाले गर्दा विश्वका अधिकांश मुलुकहरूको अर्थतन्त्रमा परिमार्जन आउने भएकाले सरकारले अधिकतम आन्तरिक स्रोत परिचालन गर्नेछ,' नीति तथा कार्यक्रममा उल्लेख छ । 

कान्तिपुर

Link copied successfully