२४ घन्टामा उपत्यकामा भित्रिए ७ हजार ! 

काठमाडौँ — गृह मन्त्रालय स्रोतका अनुसार पछिल्लो २४ घण्टामा थानकोट, फर्पिङ, र जगाती नाका हुँदै भित्रिएको सवारीबाट ७ हजारजना उपत्यका भित्रिएका छन् । सरकारले काठमाडौं प्रवेशमा कडाइ गरेको भने पनि कोरोना संक्रमण फैलिएका जिल्लाहरुबाट समेत राजधानी प्रवेश गर्ने क्रम जारी छ ।

२४ घन्टामा उपत्यकामा भित्रिए ७ हजार ! 

नाकामा उनीहरुलाई काठमाडौं आउने कारण सोधिन्छ । विद्युतीय वा कागजी जुनसुकै पास देखाएको भरमा उपत्यका बाहिरबाट आएका सर्वसाधरणले सहजै प्रवेश पाइरहेका छन् ।

प्रहरीले राजधानी प्रवेश गर्ने मुख्य नाका नागढुङ्गामा आउने जाने हरेक व्यक्तिको नाम, ठेगाना र नम्बर टिप्न थालेको छ । अझ दिउँसो काठमाडौं प्रवेश गर्नेको त ज्वरो पनि नापिन्छ । काठमाडौं प्रवेश गर्ने यात्रुको विवरण टिप्ने केही प्रहरीले पीपीई सेट पनि लगाएका छन् । हातमा पन्जा र मास्क सबैले लगाएका छन् । यो नाका हुँदै आउने सवारीले उपत्यका बाहिरका जिल्ला प्रशासन कार्यालयबाट पास बनाएर ल्याएपछि सहजै काठमाडौं प्रवेश पाउँछन् ।

नागढुङगा नाकाबाट मात्रै पास लिएर काठमाडौं प्रवेश गर्ने निजी सवारी दैनिक एक सय भन्दा बढी हुन्छ । प्रहरीका अनुसार यो नाकाबाट सोमबार मात्रै एक सय ५४ वटा निजी गाडीमा चार सय ५४ जना काठमाडौं भित्रिएका छन् । आइतबार १ सय ४७ निजी गाडीमा तीन सय ३४ व्यक्ति उपत्यका बाहिरबाट काठमाडौं छिरेका थिए । यी बाहेक तरकारी, दुध, खाद्यन्न, निर्माण सामाग्री बोकेर काठमाडौं आउने सवारीमा पनि यात्रु ओसार्ने गरेको प्रहरीको तथ्याङकले देखाउँछ ।

प्रकाशित : वैशाख ३०, २०७७ २१:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?